पिएनमा प्राज्ञिकको गुरुसम्मान कार्यक्रम

पाेखरा | असार २९, २०७९

पिएनमा प्राज्ञिकको गुरुसम्मान कार्यक्रम

पोखरा:   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले गुरु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

 

गुरुपूर्णिमा एवम् भानु जयन्तीको अवसरमा प्राज्ञिकले  २० बढि गुरु (प्राध्यापक) हरुलाई पुष्पगुच्छा, कलम र डायरी प्रदान गर्दै सम्मान गरेको हो ।  

 

कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका प्रमुख डा।सरोज कोइरालाले आफुहरुलाई  सहायक स्वीपर भएको बताए । ‘क्याम्पसभित्रको गतिविधि र वातावरणलाई  बिग्रनबाट बचाई क्याम्पसका फोहोरहरु र विकृतिलाई हटाउदै विद्यार्थीमैत्री र स्वच्छ परिवेश निर्माण गरि असल शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनले भने ।

 

क्याम्पसको इतिहासमै पहिलो पटक गुरुपूूर्णिमाको अवसरमा गुरुपुजन एंव सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउदै प्राज्ञिकको उदाहरणीय काम गरेको प्राज्ञिकका राष्ट्रिय सह–संगठन सचिव रमेश बताए । उनले प्रसंशनीय कार्य गरेको भन्दै खुशी समेत व्यक्त गरेका थिए । 

 

यसैगरि कार्यक्रममा पोखरा विश्वविद्यालयका औषधी विज्ञानका उप–प्राध्यापक शिव संकल्प आचार्यले  भानुुभक्तले नेपाली साहित्यमा दिएको योगदान र त्यसको मुल्याकंनको बारेमा चर्चा गरे । 

 

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक शोभाकान्त गौतमले रामायणको कथालाई जोड्दै भने, ‘छ करोडको घरमा रामायण, जहाँ गयो त्यही रामायण’ रामायण नेपाली छोरीहरुको व्यथा हो ।’ 

 

गुरु र शिष्यबिचको सम्बन्धलाई उल्लेख गर्दै गौतमले भने, ‘गुरु एउटा मार्गदर्शनको सहयात्री मात्र हो । गुरुले २५ प्रतिशत सिकाउँछ भने ७५ प्रतिशत तपाई आफैले सिक्नुपर्दछ । त्यो नै गूरुको लागि गुरु दक्षिणा होे ।’

 

 कार्यक्रममा पिएन क्याम्पसमा अध्ययनरत ७० बढि विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जिवन नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्देश लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पारस खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्